Kathmandu Press

भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति गठन गरे पनि रास्वपा र राप्रपाको आन्दोलन जारी

समितिप्रति असहमति जनाउदै रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले निगाहामा समिति बनाइएको भन्दै आपत्ति जनाए। 
भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति गठन गरे पनि रास्वपा र राप्रपाको आन्दोलन जारी

काठमाडौं, असार १० : सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि रास्वपा र राप्रपाको आन्दोलन जारी रहेको छ। 

रास्वपा र राप्रपाले समितिलाई अस्वीकार गर्दै मंगलबारको प्रतिनिधि सभा बैठक बहिष्कार गरे। सरकारले पुर्वमुख्यसचि शंकरदास वैरागी नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको थियो। 

मंगलबार संसद् बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए। समितिप्रति असहमति जनाउदै रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले निगाहामा समिति बनाइएको भन्दै आपत्ति जनाए। 

रास्वपा र राप्रपाले छानबिन समितिले न्याय दिन नसक्ने दाबी गरेका छन्। सरकारले सोमबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। 

रास्वपा सांसद वाग्लेले सहकारी छानबिन समितिकै मोडलमा छानबिन भिजिट भिषा प्रकरणको छानविन समिति रास्वपाको माग भएको उनले बताए। 

सरकारले टालटुल समिति बनाएर फासफुस गर्ने सरकारी प्रयासले प्रणालीगत र नीतिगत सुधार हुन नसक्ने भनाई वाग्लेको छ। 

रास्वपाले आन्दोलन यथावत् राख्ने बताउँदै थप निर्णय गर्दै जाने बताएको छ।

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, असार १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्