Kathmandu Press

‘भिजिट भिसा प्रकरणको छानबिन गर्न बनेको समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ’

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै  स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रहरु रहेको बताए।
‘भिजिट भिसा प्रकरणको छानबिन गर्न बनेको समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ’

काठमाडौं, असार १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै  स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रहरु रहेको बताए।

Hardik ivf

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणको छानविन गर्न पूर्वमख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। 

‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरुको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ। उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पाटीको मत छ,’ उनले भने, ‘उहाँ स्वयम सक्षम निकायहरुको रडारमा हुनुहुन्छ। उहाँले कसको छानविन गर्ने, गृहमन्त्री स्वयम संन्देहको घेरामा हुनुहुन्छ।’ 

छानबिन समितिलाई अस्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज पनि सदन बहिष्कार गरेका छन्।
 

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, असार १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्