Kathmandu Press

गृहमन्त्रीले संसदमा भने– भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ

सरकारले भिजिट भिसाबारे छानविन गर्न सोमबार राति मात्र पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ।  
गृहमन्त्रीले संसदमा भने– भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ

काठमाडौं, असार १० : पछिल्लो समय नेपालका देखिएको भिभिज भिसाको समस्या अब दीर्घकालिन रुपमै समाधान हुने गृहमन्त्री रमेश लेखकले बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले बनाएको छानविन समितिका बारेमा सनदलाई जानकारी दिएका थिए।

Hardik ivf

सरकारले भिजिट भिसाबारे छानविन गर्न सोमबार राति मात्र पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ।  

सहसचिवहरू अर्थमन्त्रालयका तीर्थराज सिलवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट अरूणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालय मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदिप कोइराला र गृहमन्त्रालयबाट आनन्द काफ्ले सदस्य सचिव छन्। 

‘तत्काल गर्नुपर्ने सुधारका केही कामहरू अगाडि बढाएका छौं। तर ती मात्रै पर्याप्त नहुन सक्छन्। समग्रतामा सम्पूर्ण समस्याहरूको अध्ययन गरेर, विश्लेषण गरेर, छानबिन गरेर, ती समस्याहरूलाई समाधान गर्ने गरी अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरेर समिति गठन गरिएको छ,’ गृहमन्त्री लेखकले भने।

भिजिट भिसा क्षेत्रमा देखा परेका समस्या समाधान गर्नका लागि अहिले तत्काल गर्नुपर्ने कामहरू प्रारम्भ भएको पनि उनले बताए।

‘तथापि विस्तृत रूपमा यो प्रतिवेदन प्राप्त भइसकेपछि हामी समग्रतामा अध्यागमन प्रणालीका समग्र विषय, समस्याहरू, उल्झन र जटिलताहरूलाई सम्बोधन गरेर अगाडि बढ्नेछौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानको कार्यमा असर नपर्ने गरी, अध्यागमनको व्यवस्थापन, भिजिट भिसा लगायत अन्य भिसाहरू र सोबाट सिर्जित समस्याका सम्बन्धमा अध्ययन एवम् छानबिन गरी ९ क्षेत्रहरूमा केन्द्रित रही सुझावसहितको प्रतिवेदन गर्ने समितिको कार्यक्षेत्र रहेको छ,’ उनले भने।


उनका अनुसार समितिले तत्कालीन र दीर्घकालीन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ।

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, असार १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्