Kathmandu Press

विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा छ : मन्त्री लेखक

‘विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना हो। सूचनासँग पत्रकारहरु जोडिनुभएको छ। त्यसकारण विपद जोखिम न्यूनिकरण गरेर यसको व्यस्थापन गर्ने कुरामा पनि पत्रकारहरु सबैभन्दा अग्र स्थानमा हुनुहुन्छ,’ उनले भने।
विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा छ : मन्त्री लेखक

काठमाडौं, असार १० : गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन्। 

मंगलबार संचार मन्त्रालयको सहयोगमा विपद पत्रकारिता संजालले काठमाडौमा आयोजना गरेको ‘विपद व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना रहेको र सूचनासँग पत्रकार जोडिने भएको कारण विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा रहने बताए। 

‘विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना हो। सूचनासँग पत्रकारहरु जोडिनुभएको छ। त्यसकारण विपद जोखिम न्यूनिकरण गरेर यसको व्यस्थापन गर्ने कुरामा पनि पत्रकारहरु सबैभन्दा अग्र स्थानमा हुनुहुन्छ,’ उनले भने।

Hardik ivf

गृहमन्त्री अहिले पत्रकारिता क्षेत्र धेरै व्यवसायिकता हुनकासाथै अत्यन्तै उन्नत र असल ढंगले अगाडि बढिराखेको बताए। 

त्यस्तै उनले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाण्डौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको जानकारी दिए। 

मुुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने तयारी भइरहेको उनले बताए। 

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारी हालतमा राख्ने विषयमा समन्वय भएको छ। सिमित स्रोत साधनकाबिच विपद् प्रतिकार्य एवं न्यूनीकरणका लागि सरकार लागिपरेको छ,’ गृहमन्त्री लेखकले भने।

उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड दिए।

मन्त्री लेखकले सातवटै प्रदेशमा रहेको आपतकालित गोदाम घर प्रदेश सरकारलाई स्तानान्तरण गरिएको बताए। संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। 

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको जानकारी दिए। 

‘जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ । राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतीको विकास भएको छ,’ उनले भने।

प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि नीजि क्षत्रेसित पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाइ छ।
 

प्रकाशित मिति: १२:१४ बजे, मंगलबार, असार १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्