Kathmandu Press

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सफाइ पाए 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामासँग भएको सम्पत्तिलाई वैध ठहर्‍याएको हो। 
सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सफाइ पाए 
फाइल तस्बिर।

काठमाडौं, असार ९ : काभ्रे कांग्रेस नेता गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्।

विशेष अदालतको फैसला उल्टाउँदै लामालाई सर्वोच्च अदालतले सफाइ दिएको हो। लामालाई २०७५ साउन २४ गते विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो। 

Hardik ivf

विशेषबाट उनलाई १ वर्ष कैद, बिगोबराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना हुने गरी भएको फैसला सर्वोच्चबाट उल्टिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामासँग भएको सम्पत्तिलाई वैध ठहर्‍याएको हो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियो। विभागले २७ करोड रूपैयाँबराबरको अवैध सम्पत्ति रहेको दाबी गरेको थियो। 

उक्त प्रकरणमा विशेष अदालतले कम सजाय गरेको दाबीसहित सरकारले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो। 

प्रकाशित मिति: १९:११ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्