Kathmandu Press

अमरेशकुमार सिंहलाई कानुनमन्त्रीको जवाफ– म खहरेखोला जस्तो अनुशासनहीन व्यक्ति होइन 

उनले न्यायाधीशहरुको योग्यता संविधान तथा प्रचलित कानुनमा उल्लेख गरिएको र सोही व्यवस्था अनुसार नै न्यायाशीध नियुक्ति हुने गरेको समेत प्रष्ट पारे। 
अमरेशकुमार सिंहलाई कानुनमन्त्रीको जवाफ– म खहरेखोला जस्तो अनुशासनहीन व्यक्ति होइन 

काठमाडौं, असार ९ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले न्यायाधीश नियुक्तिमा प्रभावित पारेको भन्दै सांसद अमरेशकुमार सिंहले लगाएको आरोपको कडा प्रतिबाद गरेका छन्।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले यस्तो प्रतिबाद गरेका हुन्। 

Hardik ivf

उनले न्यायाधीशहरुको योग्यता संविधान तथा प्रचलित कानुनमा उल्लेख गरिएको र सोही व्यवस्था अनुसार नै न्यायाशीध नियुक्ति हुने गरेको समेत प्रष्ट पारे। 

सांसद अमरेशकुमार सिंहले लगाएको आरोपको जवाफ दिँदै मन्त्री चौरसियाले भने, ‘संविधान र कानुनभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको र मान्य सदस्यले भनेजस्तो पार्टीको सिन्डिकेट वा दलीय प्रभाव पर्नेगरी न्यायाधीश नियुक्ति भएको छैन।’

मन्त्री चौरसियाले आफूले सधै चरित्रयुक्त राजनीतिक जीवन बिताएको समेत बताए। ‘उहाँले मेरो बारेमा आरोप लगाउनु भएको छ । मेरो राजनीतिक जीवनमा नैतिकता, चरित्रको राजनीति गरेको व्यक्ति हुँ,’ उनले भने, ‘म कहिले पनि व्यक्तिगतरुपमा आफूलाई खहरेखोलाजस्तो अनुशासनहीन र उडिरहेको चङ्गाको लट्टाइबाट चुडिएपछि जसरी अनुशासनहीन ढंगले खसेर च्यातिएको हुन्छ । त्यस्तो व्यक्तित्व मेरो होइन।’

कानुनमन्त्री चौरसियाले कसैमाथि आरोप लगाउँदा आफूसँग त्यसबारे के प्रमाण छ भन्ने हेक्का राख्न समेत आग्रह गरे। 

त्यस्तो कुनै प्रमाण भए पेस गर्न समेत चौरसियाले चेतावनी दिए । कुनै पनि सांसदले बोल्दै गर्दा त्यो कुरा सत्य हो कि होइन भनेर त्यसको विचार गरेर मात्रै बोल्नुपर्ने भनाई समेत चौरसियाको थियो। 

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्