Kathmandu Press

आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध परिषदमा अर्को उजुरी  

२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार रहेका शैलेन्द्र साहले परिषदमा उजुरी दर्ता गरेका हुन्।
आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध परिषदमा अर्को उजुरी  

काठमाडौं, असार ९ : पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषदमा अर्को उजुरी परेको छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार रहेका शैलेन्द्र साहले परिषदमा उजुरी दर्ता गरेका हुन्। उनी जाहेरीकर्तामध्येका एक हुन्। 

Hardik ivf

उजुरीमा आलमविरुद्धको मुद्दामा बदनियतपूर्वक फैसला भएको दाबीसहित संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग गरिएको छ। 

सफाईको फैसला गर्दा आरोपितहरूलाई उन्मुक्ति दिने मनसाय रहेको दाबी साहले गरेका छन्। साहले जिल्ला अदालतमा चलेको मुद्दामा सरकारी पक्षबाट साक्षी भई बकपत्र समेत गरेका थिए।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्