Kathmandu Press

सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने जसपा नेपालले निर्णय

सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने जसपा नेपालले निर्णय

काठमाडौं, असार ९ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने निर्णय लिएको छ। 

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो। 

Hardik ivf

जसपाले सरकारले देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, सुशासनको प्रत्याभूति दिलाउन नसकेको, संविधान संशोधनको काम सुरु गर्न नसकेको, आर्थिक अवस्था सुधार गर्न नसकेको निष्कर्ष निकालेको छ।

यिनै कारण देखाएर सकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने निर्णय भएको हो। 

केन्द्रीय कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थनको विषयमा पुनर्विचार गर्ने निर्णय गरे पनि अन्तिम निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ। 

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, असार ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्