Kathmandu Press

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

एमाले संसदीय दलको कार्यालयले बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।
बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

काठमाडौं, असार ९ : सत्तारुढ नेकपा एमालेले आगामी आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।  

असार १० गतेको प्रतिनिधिसभाको बैठकमा बजेट निर्णयार्थ पेस हुने कार्यसूची छ। एमाले संसदीय दलको कार्यालयले बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो। 

एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै आफ्ना सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित हुन र प्रस्तावको पक्षमा मतदान गर्न भनेका छन्। 

 

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्