Kathmandu Press

टेक एन्ड पे व्यवस्था संशोधन हुन्छ : मन्त्री खड्का

उनले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिएका हुन्।
टेक एन्ड पे व्यवस्था संशोधन हुन्छ : मन्त्री खड्का

काठमाडौं, असार ९ : ऊर्जा मन्त्री दीपक खड्काले टेक एन्ड पे व्यवस्था संशोधन हुने जानकारी दिएका छन्। 

साना जलविद्युत् योजना र निर्यात सुनिश्चित भएका आयोजनामा ’टेक अर पे’ नै उपयुक्त हुने मन्त्रीको भनाइ छ।

Hardik ivf

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका पश्नको जवाफ दिँदै उनले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिएका हुन्। 

‘टेक एन्ड पेको विषय चर्चामा छ। नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ। संशोधन भएर आउने विश्वास लिएको छु,’ उनले भने।

मन्त्री खड्काले उद्योगीहरूसँगको बक्यौता नियमसंगत र प्रक्रियागत ढंगले उठाइने पनि बताए। ‘बक्यौता संकलन गर्नका लागि प्रक्रियागत ढंग अपनाइन्छ र यसमा कुनै कदाचित भ्रमको स्थान छैन,’ उनले भने।

भारतबाट हिउँदमा विजुली किन्ने र वर्षामा दिने भएकै करणले लोसेडिङ अन्त्य भयको उनले बताए । 

 

प्रकाशित मिति: १४:४० बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्