Kathmandu Press

फिल्म ‘फर्की फर्की’ र अभिनेता अनमोल केसीविरुद्ध फोन नम्बर दुरुपयोग गरिएको भन्दै मुद्दा

साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै फिल्म ‘फर्की फर्की’को टिम र अभिनेता अनमोल केसीविरुद्ध मुद्दा दायर गरेका हुन्। 
फिल्म ‘फर्की फर्की’ र अभिनेता अनमोल केसीविरुद्ध फोन नम्बर दुरुपयोग गरिएको भन्दै मुद्दा

काठमाडौं, असार ९ : फिल्म ‘फर्की फर्की’ र अभिनेता अनमोल केसीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। 

साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै फिल्म ‘फर्की फर्की’को टिम र अभिनेता अनमोल केसीविरुद्ध मुद्दा दायर गरेका हुन्। 

साहित्यकार श्रेष्ठले फिल्म  ‘फर्की फर्की’मा आफ्नो फोन नम्बर दुरुपयोग गरिएकाले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको रिटमा उल्ल्ेख गरेका छन्। 

साहित्यका श्रेष्ठले वारेसमार्फत सोमबार मुद्दा दायर गरेको बताइएको छ। 

श्रेष्ठले आफूलाई मानसिक तथा शारिरीक रुपमा हानिनोक्सानी भएको भन्दै उनले उचित क्षतिपूर्तिको माग पनि गरेका छन् । 

उनले रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाएका छन्। 

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्