Kathmandu Press

धनगढीमा मृत भेटिएकी युवती खानेपानी कार्यालयकी कर्मचारी, हत्याकाे आशंकामा अनुसन्धान हुँदै

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी मृत भेटिएकी थिइन्।
धनगढीमा मृत भेटिएकी युवती खानेपानी कार्यालयकी कर्मचारी, हत्याकाे आशंकामा अनुसन्धान हुँदै

धनगढी, असार ९ : कैलालीको धनगढीमा मृत भेटिएकी युवती खानेपानी कार्यालयकी कर्मचारी रहेको खुलेको छ। 

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी मृत भेटिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले कोठामा लगाएको ताला तोडेर ढोका खोलेर हेर्दा चौधरीको शव भेटिएको थियो। 

प्रहरीका अनुसार मृत भेटिएकी चौधरी खानेपानीकी मिटर रिडिङ कर्मचारी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरवस्तीकी हुन्। मृतक चौधरीको हत्या आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ। 

शवमा घाँटी र चिउडोमा घाउ खतहरु रहेको र बाहिरबाट ढोकामा तालावन्दी रहेकाले हत्याको आशंका गरिएको हो। 

प्रारम्भिक अनुसन्धानका क्रममा युवतीसँगै डेरामा एकजना युवक पनि बस्ने गरेको तथ्य फेला परेको छ । ति युवकको खोजी कार्य भइरहेको छ। शव सडेको अवस्थामा भेटिएको छ। 

प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान सुरु गरेको छ भने घरधनी र खानेपानी कार्यालयसँग पनि बुझ्ने कार्य भइरहेको छ। 

 

 

प्रकाशित मिति: १३:२० बजे, सोमबार, असार ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्