Kathmandu Press

भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपन हो : सांसद नेपाली

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरुलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधीक गिरोहसँग सरकारको कुनै सांगांठ त छैन भन्दै आशंका व्यक्त गरे। 
भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपन हो : सांसद नेपाली
Hardik ivf

काठमाडौं, असार ९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर विषयमा सरकार मौन बसेर लाचारीपनको संकेत दिएको आरोप लगाएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरुलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधीक गिरोहसँग सरकारको कुनै साँठगाँठ त छैन भन्दै आशंका व्यक्त गरे। 

‘सरकारहरु फेरिन्छन्, मन्त्रीहरु फेरिन्छन्। तर मानव तस्करहरुले सँधै उन्मुक्त किन पाउँछन्? यो प्रश्न हाम्रो अगाडि गम्भीर रुपमा उभिएको छ। भिजिट भिसा प्रकरण अपराध मात्र होइन, मानवताको घोर अपमान हो,’ उनले भने, ‘दुःखको कुरा अपराधीलाई कारवाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ । यस्तो गम्भीर विषयमा पनि दुई ठूला दल किन मौन छन्? यो सरकारको आपराधीक गिरोहसँग कुनै साँठगाँठ त छैन। कि यो तपाईहरुको लाचारीपनको संकेत हो।’
 

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्