Kathmandu Press

रास्वपा सांसदहरू नाराबाजी गर्दै बाहिरिए, राप्रपा पनि बाहिरियाे, प्रतिनिधिसभा बैठक जारी

सांसद शिव नेपालीले बोलिसक्ने वित्तिकै सभामुख घिरमेले निमिति कार्यक्रम अगाडि बढाएपछि रास्वपा सांसदहरू नाराबाजी गर्दै बैठकबाट बाहिरिएका थिए।
रास्वपा सांसदहरू नाराबाजी गर्दै बाहिरिए, राप्रपा पनि बाहिरियाे, प्रतिनिधिसभा बैठक जारी

काठमाडौं, असार ९ : भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसलाई आज पनि निरन्तरता दिएको छ। 

सोमबरको बैठक सुर हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए। 

Hardik ivf

उनले बोलिसक्ने वित्तिकै सभामुख घिरमेले निमिति कार्यक्रम अगाडि बढाएपछि रास्वपा सांसदहरू नाराबाजी गर्दै बैठकबाट बाहिरिएका थिए। सँगै राप्रपाका सांसदहरुले पनि बैठक छाडेका थिए।

रास्वापा र राप्रपाका सांसदहरुले बैठक छाडे पनि प्रतिनिधिसभाको बैठक भने जारी छ। बैठकमा मन्त्रालयगत शीर्षको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिइरहेका छन्।

प्रकाशित मिति: ११:४७ बजे, सोमबार, असार ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्