Kathmandu Press

उच्च अदालत पाटनमा दुई वर्ष नाघेका मुद्दा शून्य 

उच्च अदालत पाटनका सूचना अधिकारी लेखनाथ पौडेलले अब उच्च अदालत पाटनमा दुई बर्ष पुराना मुद्दा कुनै बाँकी छैनन्। 
उच्च अदालत पाटनमा दुई वर्ष नाघेका मुद्दा शून्य 

काठमाडौं, असार ८ : उच्च अदालत पाटनमा आइतबारदेखि दुई बर्ष पुराना मुद्दा शून्य भएका छन्। 

आगामी असार मसान्तसम्म दुई बर्ष पुराना मुद्दाको लगत शून्यमा पुर्याउने लक्ष्य राखिएको थियो । तर त्यस अगावै अदालतले सबै मुद्दा राफसाफ गरेको हो। 

उच्च अदालत पाटनका सूचना अधिकारी लेखनाथ पौडेलले अब उच्च अदालत पाटनमा दुई बर्ष पुराना मुद्दा कुनै बाँकी छैनन्। 

‘दुई बर्ष पुराना मुद्दा आजबाट शून्यमा पुगेका छन्। अब न्यायपालिकाको पञ्चबर्षिय रणनीतिक योजनाको लक्ष पूरा गर्न ६ महिनाभित्रै मुद्दाको अङ्ग पुर्‍याएर त्यही अवधिभित्रै अन्तिम टुंगो लगाउने अभियानतर्फ हामी अघि बढ्दै छौ,’ सूचना अधिकारी पौडेलले भने। 

पाटन उच्च अदालतमा पञ्चबर्षिय योजना लागु हुँदा गत बर्षको असार मसान्तसम्म १८ महिना नाघ्ने मुद्दा एक हजार तीन सय ५७ थान थाती रहेका थिए। चैत मसान्तसम्मकै आइपुग्दा उक्त संख्या दुई सय चार थानमा सीमित गर्न अदालतले सफलता हासिल गरेको थियो। 

अदालतले रिट निवेदनलाई ६ महिनाभित्र फछ्र्यौट गर्न विशेष अभियान नै चलाएको छ । अभिलेख प्रणालीमा यतिबेला धमाधम ‘डिजिटलाइज’ को काम हुँदै छ । प्रविधिको सहयोगमा मुद्दा व्यवस्थापन चुस्त पारिएको छ। 
 

प्रकाशित मिति: २०:०२ बजे, आइतबार, असार ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्