Kathmandu Press

विद्युतीय शव दाह गृहमा १० करोड भ्रष्टाचार, कोषका सदस्य सचिव थापासहित १४ जनाविरुद्ध मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा विद्युतीय शव दाह गृहको मेसिन खरिद र जडान प्रक्रियामा भ्रष्टाचार भएको भन्दै थापासहित १४ जना व्यक्ति र दुई कम्पनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। 
विद्युतीय शव दाह गृहमा १० करोड भ्रष्टाचार, कोषका सदस्य सचिव थापासहित १४ जनाविरुद्ध मुद्दा 

काठमाडौं, असार ८ : पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासहित १४ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा विद्युतीय शव दाह गृहको मेसिन खरिद र जडान प्रक्रियामा भ्रष्टाचार भएको भन्दै थापासहित १४ जना व्यक्ति र दुई कम्पनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

१० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी अख्तियारले अदालत समक्ष लिएको छ। 

आयोगले मुद्दा दर्ता गरेकोमा तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा.घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीलाई प्रतिबादी कायम गरेको छ। 

अख्तियारको अनुसन्धानबाट आपसी मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना गर्दै हानी नोक्सानी पु¥याएर भ्रष्टाचार गरेको खुल्न आएको भन्दै क्षतिपूर्ति असुल गरी जेल सजायको माग राखेर भ्रष्टाचार मुद्दा चलाइएको हो।  

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्