Kathmandu Press

राजनीतिका बारेमा गलत भाष्य निर्माण गरियो : सांसद सापकोटा

राजनीतिमा नै रहेका सक्रिय राजनीतिज्ञहरुको व्यवहार र कार्यशैलीका कारण यो अवस्था आएको भन्दै यसलाई सफा गर्ने काम पनि राजनीतिज्ञको नै भएको उनको भनाई छ।  
राजनीतिका बारेमा गलत भाष्य निर्माण गरियो : सांसद सापकोटा

काठमाडौं, असार ८ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिका बारेमा गलत प्रकारको भाष्य निर्माण हुँदै गएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एपी वान टिभीको ‘सदगमय कार्यक्रम’ को समापन समारोहमा उनले राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको भन्दै समाजमा राजनीति गर्छु भनेर भन्न आँट नआउने बताए। 

Hardik ivf

राजनीतिमा नै रहेका सक्रिय राजनीतिज्ञहरुको व्यवहार र कार्यशैलीका कारण यो अवस्था आएको भन्दै यसलाई सफा गर्ने काम पनि राजनीतिज्ञको नै भएको उनको भनाई छ।  

‘समाजमा राजनीति गर्छु भनेर भन्न पनि बढो विचार गरेर, सोचेर तौलिएर, बोल्नुपर्ने अवस्था छ । यो कुरा मैंले नढाँटी भनेको हुँ। किनभने के गर्छस् भनेर कसैले सोध्यो भने राजनीति गर्छु भनेर भन्नको लागि भित्रैदेखि दम आउँदैन्,’ उनले भने, ‘किनकी राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको छ। त्यो अरु कसैका कारणबाट नभएर राजनीतिमा नै रहेकाहरुलका कारण हो। हामी सबैको व्यवहार, कार्यशैलीका कारण यो अवस्था आएको छ । यसलाई सफा गर्ने काम पनि हाम्रो नै हो।’

सांसद सापकोटाले राजनीतिज्ञहरुको बारेमा समाजमा भएको नकारात्मक दृष्टिकोण, धारणा र भाष्य चिर्नको लागि यस्तो अभियानले एउटा महत्वपूर्ण योगदान गर्ने बताए।

सोही कार्यक्रममा लामो समयदेखि टेलिभिजन पत्रकारितामा रहेका टीकाराम यात्रीले ‘सदगमय कार्यक्रम’ लाई एउटा सुन्दर सुरुवातको रुपमा लिएको भन्दै सफलताको शुभकामना दिए । 
 

प्रकाशित मिति: १८:३६ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्