पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ : नेता कोइराला
उनले स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न पनि कार्यकर्तालाई आग्रह गरे।
दमौली, असार ८ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन्।
आइतबार नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त भनाई राखेका हुन्।
नेता कोइरालाले आफु कांग्रेसको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै महाधिवेशन लम्बिए पार्टीलाई फाइदा नगर्ने भनाई राखे। २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्ने भनाई नेता कोइरालाको थियो।
साथै, उनले स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न पनि कार्यकर्तालाई आग्रह गरे।
नेता कोइरालाले विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहेको चर्चा गर्दै अहिले त्यस्तो अवस्था नरहेकाले यसतर्फ सोच्न समेत उनले तनहुँका नेताकार्यकर्तालाई आग्रह गरे।
‘तनहुँका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि जिल्लाको परिस्थिति फेरिएको छ। अब यहाँको नेतृत्वले नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ नेता कोइरालाले भने।
अर्को एक प्रसङगमा सदस्यता नवीकरणको बिषयमा कमजोरी भएको भए वडास्तरमा पुगेर कार्यकर्तालाई सम्झाउनुपर्ने भनाई पनि राखे।