Kathmandu Press

जनमत पार्टीकी प्रदेश सभा सदस्य रायमाझीविरूद्ध पक्राउ पुर्जी

जनमत पार्टीकी प्रदेश सभा सदस्य रायमाझी बर्दियाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनीविरूद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो। 
जनमत पार्टीकी प्रदेश सभा सदस्य रायमाझीविरूद्ध पक्राउ पुर्जी

बुटबल, असार ८ : जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।

जनमत पार्टीकी प्रदेश सभा सदस्य रायमाझी बर्दियाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनीविरूद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो। 

रायमाझीमाथि बैंकिङ कसुरको अभियोग लगाइएको थियो । चेक बाउन्स कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। 

रायमाझीलाई पक्राउका लागि पर्सा प्रहरीले बर्दिया प्रहरीलाई पत्राचार गरिसकेको छ। 

प्रकाशित मिति: १७:१० बजे, आइतबार, असार ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्