Kathmandu Press

न्यायाधीशमा प्रस्तावित पोखरेलविरुद्ध अदालतको अवज्ञा गरेको उजुरी

पोखरेलले सहकारी ठगीमा पुर्पक्ष लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा गरेका टिप्पणी र अभिव्यक्तिले अदालतको अवज्ञा गरेको भन्दै न्यायाधीश हुन अयोग्य रहेको दाबी उजुरीकर्ताको छ। 
न्यायाधीशमा प्रस्तावित पोखरेलविरुद्ध अदालतको अवज्ञा गरेको उजुरी

काठमाडौं, असार ८ : सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषदद्वारा प्रस्तावित मेघराज पोखरेलविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी दर्ता भएको छ। 

पोखरेलविरुद्ध टिबी कार्कीको नामबाट सुनुवाई समितिमा उजुरी दर्ता भएको हो। गत जेठ २७ गते बसेको न्याय परिषद्को बैठकले पोखरेलको नाम सर्वोच्चको न्यायाधीशमा प्रस्ताव गरेको थियो। 

Hardik ivf

पोखरेलले सहकारी ठगीमा पुर्पक्ष लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा गरेका टिप्पणी र अभिव्यक्तिले अदालतको अवज्ञा गरेको भन्दै न्यायाधीश हुन अयोग्य रहेको दाबी उजुरीकर्ताको छ। 

वरिष्ठ अधिवक्ता रहेका पोखरेल रास्वपाको कार्यालयमा पुगेर अदालतले थुनामा पठाएको विषयमा छलफल गरेको र उच्च अदालत तुलसीपुरको आदेशको अवज्ञा हुनेगरी अभिव्यक्ति दिएको उजुरीमा दाबी छ। 

पोखरेललाई न्यायाधीशमा रोकिनुपर्ने माग उजुरीकर्ता कार्कीको छ। 

सुनुवाई समितिले उजुरी आव्हान गर्दै सर्वोच्च अदालतमा प्रस्तावित वरिष्ठ अधिवक्ता पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा तथा न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।   

प्रकाशित मिति: १६:०४ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्