Kathmandu Press

६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ रोकालाई अदालतमा उपस्थित गराइयो 

रोकालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले टोखाबाट पक्राउ गरेको हो।
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ रोकालाई अदालतमा उपस्थित गराइयो 

काठमाडौं, असार ८ : ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

रोकालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले टोखाबाट पक्राउ गरेको हो। रोका सुन तस्करीमै पक्राउ परेका अर्का आरोपी दावा छिरिङकी श्रीमती रहेको जनाइएको छ। 

Hardik ivf

२०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा जाँच भइसकेर छुटेको ब्रेकशुलाई नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो। 

सोही प्रकरणमा रोकाका श्रीमान दावा छिरिङ २०८० साउन १४ गते पक्राउ परेका थिए । रोका भने फरार थिइन्। उनी माओवादी रोल्पा–काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्। 

उनीविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालतमा पेश गरिएको हो। उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता रहेको जनाइएको छ।

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्