Kathmandu Press

दुई बुँदे सहमति कार्यान्वयन नभएको भन्दै माओवादीले उठायो प्रश्न 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा बैठकमा बोल्दै सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गरे। 
दुई बुँदे सहमति कार्यान्वयन नभएको भन्दै माओवादीले उठायो प्रश्न 

काठमाडौं, असार ८ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग भएको दुई बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएको छ। 

माओवादीले संसदको अवरोध खोल्ने गरी भएको दुई बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न माग समेत गरेको छ।

Hardik ivf

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा बैठकमा बोल्दै सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गरे। 

उनले सहमति कार्यान्वयनमा बिलम्ब हुने र प्रतिनिधि सभामा अन्य प्रतिपक्षी दलको अवरोध जारी रहने अवस्था उचित नरहेको बताए। 

सांसद पाण्डेले भिजिट भिसामा जानेसँग अपारर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको भनेर जेठ १३ गतेदेखि प्रश्न उठिरहेको पनि बताए। 

सांसद पाण्डेले भने, ‘दुई बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ? अविलम्ब छानबिन समिति बनोस् ।सरकारले एक महिनाभित्र हामी गर्छौं भनेर गृहमन्त्रीले रोष्ट्रमबाट बोल्नुभएको छ । त्यो गर्नका लागि अनुरोध गर्न चाहन्छु।’ 

विपक्षी दलसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भनेर पाण्डेले असन्तुष्टी व्यक्त गरेका छन्।

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्