Kathmandu Press

सांसद सिंहको आपत्तिजनक अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

सिंहले चार/पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताउँदै बजेट कम परेका जिल्लालाई अमेरिका, भारत र चीनलाई लिजमा दिन राम्रो हुने धारणा संसदमा राखेका थिए। 
सांसद सिंहको आपत्तिजनक अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

काठमाडौं, असार ८ : प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको आपत्तिजनक अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट गरिएको छ।

सांसद सिंहले आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै ७२ जिल्ला विदेशीलाई लिजमा दिन ठिक हुन बताएपछि संसदमा हंगामा भएको थियो। 

सिंहले चार/पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताउँदै बजेट कम परेका जिल्लालाई अमेरिका, भारत र चीनलाई लिजमा दिन राम्रो हुने धारणा संसदमा राखेका थिए। 

सिंहको उक्त अभिव्यक्ति नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको भन्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गरेका थिए। 

त्यसलगत्तै सभामुख घिमिरेले सिंहको अभिव्यक्ति असंसदीय रहेको भन्दै संसदीय रेकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए थिए। 
 
प्रकाशित मिति: १४:१९ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्