Kathmandu Press

अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, बैठकमा नोकझोक

नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताए।
अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, बैठकमा नोकझोक

काठामडौं, असार ८ :  स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए। बाँकी जिल्ला नेपाल नै नरहे र देशलाई अमेरिका लगायतको देशमा गाभ्ने प्रयास सरकारले गरेको भनेर आरोप लगाएका थिए। 

अमरेशको अभिव्यक्तिमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए। त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका हुन्। त्यसपति संसद्‍मा आरोप प्रत्यारोप चलेको थियो। 

Hardik ivf

नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताए। सिंहले संसदमा राखेको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै यो कुरा रेकर्डबाट हटाएर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे।

‘देशलाई अर्को देशमा वा अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राख्नु आपत्तिजनक अभिव्यक्ति हो। राष्ट्रघाती, देशद्रोही अभिव्यक्ति हो । यसलाई कारबाहीको विषय बनाउनुपर्छ,’ उनले भने, ‘यसलाई रेकर्डबाट हटाउने कुरा मात्र होइन्, मुलुकको स्वाभिमानको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धम हो। एउटा सांसदले यस्तो कुरा राख्ने विषयलाई कारबाहीको विषय बनाइनुपर्छ।’ 

यस्तै, उनले यस्ता राष्ट्रघाती अभिव्यक्ति सदनमा सुनेर बस्न नसक्ने पनि बताए। 

त्यसपछि सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरित रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भएको भन्दै आक्रोश व्यक्त गरे। 

उनले एमालेलाई लक्षित गर्दै देशप्रति गद्दार भन्दै आक्रोश व्यक्त गरे। त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए। 

विवाद भएपछि सभामुख देवराज घिमिरले अमरेशकुमार सिंहलाई ड्यास छाडेर तल जान निर्देशन दिए। तर, सभामुखले दिएको रुलिङलाई बेवास्ता गर्दै सिंहले आफू तल नजाने, बजेटमाथिको छलफलमा भाग नलिने बताए। उनी आफ्नो समयसम्म रोस्टमै बसेका थिए। 

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्