Kathmandu Press

रास्वपाको विरोधबीच संसद बैठक जारी

त्यसलगत्तै रास्वापका सांसदहरू नाराबजी गर्दै बेल घेर्न अगाडि आएका थिए। राप्रपाका सांसदहरु भने बैठक छाडेर बाहिरिएका थिए।
रास्वपाको विरोधबीच संसद बैठक जारी

काठमाडौं, असार ८ : राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका बाबजुद प्र्रतिनिधिसभा बैठकमा अहिले बजेटमाथिको छलफल चलिरहेको छ।

आइतबारको बैठक सुरु हुनासाथ रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणालाई बोल्न दिएका थिए। 

त्यसलगत्तै रास्वापका सांसदहरू नाराबजी गर्दै बेल घेर्न अगाडि आएका थिए। राप्रपाका सांसदहरु भने बैठक छाडेर बाहिरिएका थिए।

रास्वापले बेल घेउराउ गरिरहेपनि अहिले प्रतिनिधिसभामा बजेटमाथिको छलफल चलिरहेको छ।

केही समयदेखि रास्वापले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध गरिरहेको छ।

प्रकाशित मिति: १२:१८ बजे, आइतबार, असार ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्