Kathmandu Press

प्रतिनिधिसभा बैठकमा आजपनि विनियोजन विधेयकमाथि छलफल जारी रहने

बैठक आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू विभिन्न मन्त्रालयगत छलफल हुनेछ ।
प्रतिनिधिसभा बैठकमा आजपनि विनियोजन विधेयकमाथि छलफल जारी रहने
Hardik ivf

काठमाडौं, असार ८ : संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । 

आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू विभिन्न मन्त्रालयगत छलफल हुनेछ । आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयहरुबिच छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयलख जनाएको छ । 

बैठकमा आज सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै, अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
 

प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, असार ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्