Kathmandu Press

संसदका दुईवटा समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
संसदका दुईवटा समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, असार ८ : संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति: ०७:३२ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
देशभर मनसुन सक्रिय
देशभर मनसुन सक्रिय