Kathmandu Press

स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल हो : प्रधानमन्त्री 

उनले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने भन्दै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको बताए।
स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल हो : प्रधानमन्त्री 

काठमाडौं, असार ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको उल्लेख गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई पुरस्कार प्रदान गर्दै उनले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने भन्दै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको बताए।

Hardik ivf

‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौ । स्वास्थ्य नीतिको मूल नीति नै यही हो। निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो,’ उनले भने, ‘निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होइन। हरेक नागरिकलाई स्वस्थ आहार उपलब्ध होस भनेर यस दिशामा सरकार काम गरिरहेको छ।’ 

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने नेपाललाई चिनाउने खेलाडीहरुलाई सरकारले सम्मानित गर्ने गरेको र सधैँ गर्दै पनि जाने बताए। 

काठमाडौँ महानगरपालिका, वडा नं. २२ ले आयोजना गरेको प्रतियोगिताको उपाधि कृष महर्जनले जिते । उनले पाँच लाख रुपैयाँ प्राप्त गरे।
 

प्रकाशित मिति: २१:०६ बजे, शनिबार, असार ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्