Kathmandu Press

इरानमा रहेका नेपालीलाई भारतीय दूताबासले उद्धार गरिदिने

केही दिनयता जारी इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा.राणाले भारत सरकारसँग सो आग्रह गरेकी थिइन्। 
इरानमा रहेका नेपालीलाई भारतीय दूताबासले उद्धार गरिदिने

काठमाडौं, असार ७ : इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ।

नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो। 

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरिन्।

Hardik ivf

परराष्ट्रमन्त्री डा. राणाले भनिन्,‘इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ। यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ। हामीहरु उहाँहरुको सहयोगको प्रतिक्षामा छौं।’ 

केही दिनयता जारी इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा.राणाले भारत सरकारसँग सो आग्रह गरेकी थिइन्। 

यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन्। इरानस्थित भारतीय दूताबासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरुलाई सम्पर्क गरी भारतीय दूताबासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूताबासले पनि सो सूचना जारी गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरु र इरानस्थित भारतीय दूतबासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेकी छन्।

यससँगै भारतीय दूताबासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरुलाई पनि सम्पर्कमा आउन भनेको छ। 

१६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ। 

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, असार ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्