नेपालीहरु सबैभन्दा पीडित अनुशासनका कारण छन् : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले अहंकारधारीहरुले योगको यम र नियममात्र बुझिदिए देशमा हिंसा नहुने बताए।-(11)-1750493504.jpeg)
काठमाडौं, असार ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरू पीडित रहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताए।
‘योग भन्नेवितिकै अनुशासनको कुरा आउँछ। आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्याले गर्दा छ। अनुशासन योगको पहिलो सुत्र हो,’ उनले भने, ‘अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन। ध्यान गर्दा पनि अनुशासन चाहिन्छ, हरेक चिजको अनुशासन हुन्छ।’
प्रधानमन्त्री ओलीले अहंकारधारीहरुले योगको यम र नियममात्र बुझिदिए देशमा हिंसा नहुने बताए।
‘यदी हतियारधारीहरुले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न्। बन्दुक आफै पड्किदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’ प्रधानमन्त्री ओलीले भने।
यस्तै कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले योग वैद्धिक संस्कृतिको मात्र रहेन यो विश्वभरको साझा जिवनपद्धतीको रुपमा अगाडी बढेको बताए।
‘योग र ध्यानलाई वैद्धिक चिन्तनलाई हामीले हाम्रो देशको बौद्धिक सम्पदाको रुपमा अगाडि बढाउनुपर्छ,’ उनले भने।