Kathmandu Press

सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल

शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए।
सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल

काठमाडौं, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन्। 

शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए।

उनले आफूहरुले अघि सारेका पाँच बुँदे माग पुरा नहुँदासम्म संसदमा आन्दोलन जारी राख्ने बताए। उनले आउने महाधिवेशनमा पनि संविधानले दिएसम्म पार्टीको सभापति रवि लामिछाने नै हुने बताए।

Hardik ivf

‘जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसमै अडिन भएर काम गरि रहेका छौं। पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक हुँदैन्,’ उनले भने।

‘रास्वपा स्थापनाकालदेखि नै उतारचढाबपूर्ण अवस्थामा छ । यथास्थितीमा रमाउने दलहरुले राजनीतिक प्रतिशोध साँधेका छन्। तथापि देशैभरि सांगठनिक अभियान व्यापक रुपमा चलिरहेको छ । जनताको आवाज बोल्ने कोशिसमा छौँ,’ उनले अगाडि भने,‘ यसैविचमा भिजिट भिसा प्रकरणको लागि आन्दोलनमा उत्रिनुपर्यो। जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसैमै अडिन भएर काम गरि रहेका छौँ । नेतृत्वलाई जुन किसिमको प्रतिशोध साँधेर कारागार चलान गरिएको छ, त्यसमा कारागारका चारवटा भित्ता र टिनको छ्राँयाले आफ्नो विचारमा निर्भिक भएर देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक बनेको छैन।’ 

यस्तै, अर्का सांसद शिशिर खनालले अहिले दुईवटा राजनीतिक दलहरुले गम्भीर विषय उठाउँदा पनि संसद संचालन गरिएको आपत्ति जनाए।

उनले आफूहरुले उठाएका माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहने दाबी गरे।

उनले मानव तस्करीको मुद्दालाई न्यायोचित ढंगमा पुर्याउने बताए। उनले पार्टीको पाँचयस बढी पालिकामा समिति निर्माण गरेको जानकारी दिंदै संगठन विस्तारमा क्रियाशील रहेको जानकारी दिए। 

‘यो छोटो अवधिमा एउटा उपलब्धिपूर्ण र साथसाथै धेरै उत्तारचढाब पूर्ण यात्रा गरेका छौं। कुनै कालखण्डमा सरकारमा पनि सामेल भयौं । हामी संसदमा एकदमै सशक्त ढंगाले प्रस्तुत हुने तयारीमा लागेका छौं,’ उनले भने। 
 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, असार ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्