Kathmandu Press

नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की

‘नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरुका लागि, रसिया गएर मारिएका र काल कुरेर बसेका नेपालीहरुका लागि । यि सबै काम भिजिट भिसाको कमालले हो।’
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की

काठमाडौं, असार ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन र अनियमितताबारे गम्भीर आरोप लगाउँदै गृहमन्त्रीको राजीनामाको माग गरेकी छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले लामो समयदेखि राप्रपाले जनताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विशेषगरी भिजिट भिसाको दुरुपयोग गरी विदेश पठाइएका नेपालीहरू, बेचिएका चेलिबेटीहरू र जीवन जोखिममा पारिएको भन्दै राजीनामा माग गरेकी हुन्।

Hardik ivf

‘आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौंं’, सांसद कार्कीले भनिन्, ‘हामीले आवाज उठाएका छौं,’ उनले भनिन्, ‘नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरुका लागि, रसिया गएर मारिएका र काल कुरेर बसेका नेपालीहरुका लागि । यि सबै काम भिजिट भिसाको कमालले हो।’

उनले भिजिट भिसा प्रकरणमा छानविन र उच्चस्तरीय छानविन हुनुपर्ने बताइन्।

सांसद कार्कीले भिजिट भिसासम्बन्धी प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्।
 

प्रकाशित मिति: १३:४१ बजे, शनिबार, असार ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्