Kathmandu Press

रास्वपा र राप्रपाको अवरोधबीच संसद बैठक जारी

बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब १ घण्टा ढिला गरी सुरु भएको हो। बैठक सुरु हुने बित्तिकै दुवै दलका सांसदहरूले उठेर विरोध गरेका थिए। 
रास्वपा र राप्रपाको अवरोधबीच संसद बैठक जारी

काठमाडौं, असार ७ : विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक जारी छ। 

बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब १ घण्टा ढिला गरी सुरु भएको हो। बैठक सुरु हुने बित्तिकै दुवै दलका सांसदहरूले उठेर विरोध गरेका थिए। 

Hardik ivf

रास्वपा र राप्रपाका सांसदहरू केही समयदेखि भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै विरोध गर्दै आएका छन्।

विरोधकैबीच सभामुख देवराज घिमिरेले रास्वापकी सुमना श्रेष्ठ र राप्रपाकी रोशन कार्कीलाई बोल्न समय दिएका थिए। त्यसपछि सभामुख घिरिमेले शुन्य समयको कार्यक्रम नरहेको बताउँदै बजेटमाथिको छलफल अघि बढाउन खोजेपछि सत्तारुढ दलकै सांसदहरुले त्यसको विरोध गरेका थिए।

अहिले प्रतिनिधिसभामा मन्त्रालयलगत शीर्षकमा बजेटमाथिको छलफल जारी छ। रास्वाप सांसदहरू भने बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, असार ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्