चितवनमा बस र माइक्रो आसपमा ठोक्किए, ५ जनाको मृत्यु, ८ जना घाइते, २ काे अवस्था गम्भीर
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रकोलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवा बस र इभी माइक्रो बसलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ।
चितवन, असार ७ : चितवनमा बस र इभी माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको छ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रकोलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवा बस र इभी माइक्रो बसलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सो दुर्घटनामा ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला छन्। उनीहरुको सनाखत भने भइसकेको छैन।
पाँचै जनाको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
यस्तै, दुर्घटनामा घाइते भएका ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १२:१७ बजे, शनिबार, असार ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
