Kathmandu Press

नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश

श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले उक्त आदेश दिएको हो।
नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश

काठमाडौं, असार ७ : नेपाल वायुसेवा निगमका विमान परिचारिका (क्याविन क्रु)लाई काममा लगाउन श्रम अदालतले आदेश दिएको छ।

श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले उक्त आदेश दिएको हो। 

Hardik ivf

अन्तरिम आदेशमार्फत सर्वोच्चले सेवाबाट अवकाश नदिनू भन्दाभन्दै निगमले अवकाश दिएपछि श्रम अदालतमा दायर भएको मुद्दाको सुनुवाइ गर्दै वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन श्रम अदाललते उक्त आदेश दिएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा १३५ जना परिचारक र परिचारिकाको सेवा सुविधा र उमेर हदको विभेद उपरको मुद्दा विचाराधीन छ। कार्कीलाई असोज १८ देखिकै खण्डित अवधिको सेवा सुविधा उपलब्ध गराउन पनि श्रम अदालतले भनेको छ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, विकास भट्टराई र विशाल थापाले कार्कीको तर्फबाट बहस गर्दै सर्वोच्च अदालतको आदेश विपरीत सेवाबाट हटाउन नमिल्ने जिकिर गरेका थिए। श्रम अदालतले काममा लगाएर असार १८ मा अन्तरिम आदेशको निरन्तरताका सम्बन्धमा छलफलमा उपस्थित हुन निगमलाई आदेश दिएको छ।

नेपाल वायुसेवा निगम कर्मचारी प्रशासन विनियमावली २०५८ को नियम ६३ (१) (ख) मा ५० वर्षसम्म सेवामा रहन पाउने प्रावधानको बर्खिलाफ मुद्दा दायर गरेकै प्रतिसोध सांधेर कार्कीलाई ४५ वर्ष पुग्ने वित्तिकै अवकाश दिएको थियो। जबरजस्ती हटाए उपर सर्वोच्च अदालतमा निगम सञ्चालक समिति विरूद्ध अवहेलनाको मुद्दा परेको छ।

प्रकाशित मिति: ०७:५४ बजे, शनिबार, असार ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्