Kathmandu Press

संघीय निजामती विधेयक यही अधिवेशनमा पारित हुन्छ : मन्त्री गुप्ता

उनले भिजिट भिषा प्रकरणका बारेमा बोल्दै अख्तियारले गम्भीर रुपमा छानविन गर्दै आएकाले छानविनको सुइ कहाँ-कहाँ पुग्छ सबै कारवाहीको घेरामा पर्ने बताए।
संघीय निजामती विधेयक यही अधिवेशनमा पारित हुन्छ : मन्त्री गुप्ता

रौतहट, असार ७: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने बताएका छन्।

उनले विधेयक सदनमा टेबुल भइसकेकाले अबको आउने कार्यसूचीमा संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने ठोकुवा गर्दै यहि महिना तथा  आधिवेशनको अन्त्यतिर देशमा संघीय निजामती विधेयक आउने बताए।

रौतहटको गरुडा नगरपालिकाको नगर अधिवेशनमा उनले भिजिट भिषा प्रकरणका बारेमा बोल्दै अख्तियारले गम्भीर रुपमा छानविन गर्दै आएकाले छानविनको सुइ कहाँ-कहाँ पुग्छ सबै कारवाहीको घेरामा पर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नैतिकताको आधार देखाएर राजीनामा माग्नु जायज नभएको तर्क राखे। अहिलेका गृहमन्त्री स्वच्छ छविका भएको उनले टिप्पणी गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि पाँच वटा ठगीको मुद्दा लागेर जेलमा रहेको उल्लेख गर्दै उनले नैतिकताको पाठ सिकाउने अध्यक्ष रबि लामिछानेले राजीनामा नदिएको पनि बताए।

 

प्रकाशित मिति: ०७:२४ बजे, शनिबार, असार ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्