Kathmandu Press

‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’

उनले  बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीतिहरुमा राखेको भन्दै कतिपय कानूनहरु निर्माणको क्रममा रहेको बताए। 
‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’

काठमाडौंं, असार ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन्। 

शुक्रबार काठमाडौमा आयोजित बौद्धिक सम्पत्ति अधिकार वर्तमान स्थिति, चुनौती र अवसरहरू बारे जर्नल लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीतिहरुमा राखेको भन्दै कतिपय कानूनहरु निर्माणको क्रममा रहेको बताए। 

Hardik ivf

‘हाम्रो संस्कृति नीति मन्त्रिपरिषद्मा छ, यो नीतिले पनि बौद्धिक सम्पत्तिको अधिकारको विषयलाई समेटेको छ। उद्योग नीति लगायत विभिन्न नीतिहरु उद्योग मन्त्रालयबाट पनि अगाडि बढेको अवस्था छ,’ उनले भने, ‘कतिपय कानूनहरु निर्माणको क्रममा छौं, अब अभौतिक सम्पदासँग सम्बन्धित कानून हाम्रो राष्ट्रिय सभामा छलफलको क्रममा छ। यो विषयलाई महत्वका साथ हामीले हाम्रो नीति, कानूनहरुमा व्यवस्थित गर्नुपर्ने छ।’

मन्त्री पाण्डेले देशभित्र आफ्नो सम्पत्तिको प्रर्वद्धन गर्ने र देश बाहिर त्यसको ब्रान्डिङ गर्नुपर्ने समेत बताए। प्राकृतिक सम्पदाबाटै भएपनि नेपाललाई विश्वभर चिनाउनु पर्ने पनि उनको उल्लेख गरे।

‘देशभित्र आफ्नो सम्पत्तिको प्रर्वद्धन गर्ने र देश बाहिर ग्लोबल क्षितिज छ त्यसको ब्रान्डिङलाई स्थापित गर्नुपर्ने छ। धेरैजना यो क्षेत्रसँग समन्वय हुनुहुन्छ। कतिपय यहाँ पीडित पनि हुनुहुन्छ,’ उनले भने, ‘बौद्धिक सम्पत्ति माथिको आधिकार सरकारले सुनियोजित नगरेको हुँदा कतिपय अवस्थामा उनीहरु पीडित रहेका छन्। सबै विषयलाई सरकारले सम्बोधन गर्ने हो आज उठेका विषयलाई हामी लिपिवद्ध गर्छौं। आगामी दिनमा समन्वय गर्ने छौँ, निराशा नहुनु।’
 

प्रकाशित मिति: २१:२८ बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्