इजरायल–इराक युद्धका कारण नेपाल फर्किन चाहनेका लागि २४ सै घण्टा ‘हेल्प डेस्क’
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको पहलमा परराष्ट्र मन्त्रालयमा शुक्रबार बसेको चारवटा मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको छ।-1750424715.jpg)
काठमाडौं, असार ६ : परराष्ट्र मन्त्रालयले इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोगका लागि २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ।
उक्त हेल्प डेस्कमा परराष्ट्रसहित गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारीसमेत रहनेछन्। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको पहलमा परराष्ट्र मन्त्रालयमा शुक्रबार बसेको चारवटा मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको छ।
बैठकमा श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी, गृह र पर्यटन मन्त्रालयका सचिव लगायत थिए।
छलफलमा परराष्ट्रमन्त्री डा.राणाले बैठकमा स्वदेश फर्कन चाहने नेपालीहरूलाई मन्त्रालयले स्थापना गरिएको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, युद्धपछि उत्पन्न अवस्थालाई गम्भीर रुपमा हेरिएको बताइन्।
इजरायल र इराकमा उत्पन्न असहज अवस्थाको कारण स्वदेश फर्कन चाहने नेपालीलाई उद्धार गरेर ल्याउने बिषयमा छलफल केन्द्रीत भएको जनाइएको छ।
