Kathmandu Press

नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस लिएको ठहर 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशी तोकेको हो। 
नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस लिएको ठहर 

काठमाडौं, असार ६ : विशेष अदालतले नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस रकम लिएको आरोपमा शुक्रबार दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशी तोकेको हो। 

Hardik ivf

कोलोनी प्रालिका सञ्चारक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको ठहर गरिएको हो। प्रालिका सञ्चालक कंडेल मिडिया उद्दमी समेत हुन्। 

बस्नेतलाई सम्पती शुद्धिकरण (मनी लाउण्ड्रिङ) कसुरमा समेत दोषी ठहर गरेको छ। बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पती शुद्धिकरण गरेको ठहर अदालतको छ। 

दोषी ठहर गर्दै कैद सजाय तोक्नका लागि विशेष अदालतले १६ असारमा अर्को पेसी तोकिएको छ । बस्नेतकी श्रीमती उर्मिलाले भने आरोपबाट सफाइ पाएकी छन्। 

प्रकाशित मिति: १८:४० बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्