Kathmandu Press

निर्वाचन आयोगले भन्यो– रास्वपाको महामन्त्री मुकुल ढकाल नै हुन् 

आयोगको अभिलेख अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको पाइएको छ। 
निर्वाचन आयोगले भन्यो– रास्वपाको महामन्त्री मुकुल ढकाल नै हुन् 

काठमाडौं, असार ६ : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री डा. मुकुल ढकाल नै रहेको स्पष्ट गरेको छ। 

आयोगको अभिलेख अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको पाइएको छ। 

डा.मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गर्दै निवेदन लेखेका थिए। 

जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भन्दै ढकाललाई जवाफ दिएको हो।

निर्वाचन आयोगको पत्रले ढकाललाई रास्वपाको महामन्त्रीको मान्यता दिएको छ । रास्वपाले भने उनलाई कारबाही गरी दलबाट निष्कासित गरेको बताएको थियो । 

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्