Kathmandu Press

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्चमा तानिए 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला न्यायाधीशको जिम्मेवारीबाट वञ्चित गर्नेगरी सर्वोच्च अदालतमा हाजिर हुनेगरी काजमा राखेका हुन्।
आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्चमा तानिए 

काठमाडौं, असार ६ : दार्चुलाका जिल्ला न्यायाधीश पुष्पराज पाण्डेमाथि खराव आचारणको प्रश्न उठेपछि सर्वोच्च अदालत तानिएको छ। 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला न्यायाधीशको जिम्मेवारीबाट वञ्चित गर्नेगरी सर्वोच्च अदालतमा हाजिर हुनेगरी काजमा राखेका हुन्।

सर्वोच्च अदालत स्रोतले जनाए अनुसार पाण्डेको आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च तानिएको हो। 

खराब आचरणको बिषयमा न्याय परिषदमा परेको उजुरीका आधारमा पाण्डेलाई जिम्मेवारी मुत्त, गरिएको बताइएको छ । उनीमाथि छानविन प्रक्रिया अघि बढाइएको छ। 
 
प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, असार ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्