Kathmandu Press

सिंहदरबारमा शीर्ष तीन दलका नेताको बैठक 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच बैठक सुरु भएको हो। 
सिंहदरबारमा शीर्ष तीन दलका नेताको बैठक 

काठमाडौं, असार ६ : शीर्ष तीन दलका नेताको बैठक सिंहदरबारमा सुरु भएको छ। 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच बैठक सुरु भएको हो। 

Hardik ivf

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक चलिरहेको छ। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार संक्रमणकालीन न्यायका विषयमा छलफल चलिरहेको छ। 

बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव वर्षमान पुन, पहिलो संविधानसभा सदस्य खिमलाल देवकोटा, प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्। 

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्