Kathmandu Press

‘भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानविन जरुरी छ’

उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्था गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन्। 
‘भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानविन जरुरी छ’

काठमाडौं, असार ६ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने बताएकी छन्। 

सदन बहिष्कारपछि पत्रकारहरुसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् भन्दै प्रश्न गरिन्। 

Hardik ivf

उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायीक समितिको माग जारी रहने जिकिर गरिन्। 

‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र? अन्य देशहरुमा दासको रुपमा नेपालीहरु कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो। त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन्,’ सांसद श्रेष्ठले भनिन्, ‘कतिसम्म गिरेको नेपाल सरकार। ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन्? हाम्रो अडान जारी रहने छ।’

उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्था गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन्। 
 

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, असार ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्