Kathmandu Press

सत्तारुढ कांग्रेसकै सांसदले पोखे बजेटमा असन्तुष्टि

नेपाली जनताले कठिन संघर्ष गरेर ल्याएको गणतन्त्रमा असमान रुपमा बजेट वितरण हुँदा दुःख लाग्ने गरेको भनाई गिरीको छ। 
सत्तारुढ कांग्रेसकै सांसदले पोखे बजेटमा असन्तुष्टि

काठमाडौं, असार ६ : आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले असन्तुष्टि पोखेका छन्।

कांग्रेसका सांसद दीपक गिरीले संसदमा बोल्दै केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको बताए। नेपाली जनताले कठिन संघर्ष गरेर ल्याएको गणतन्त्रमा असमान रुपमा बजेट वितरण हुँदा दुःख लाग्ने गरेको भनाई गिरीको छ। 

बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफलमा बोल्दै गिरीले बजेटको आलोचना गरेका हुन्। ‘यो बजेटले जनतालाई देखेन । न यो विकास मैत्री भयो। न लगानी मैत्री भयो । न त सरकार पक्ष सांसद मैत्री भयो,’ सांसद गिरीले भने। 

साथै, सांसद गिरीले बजेट शीर्ष नेता रसत्तारुढ दलका शीर्ष नेता केन्द्रित हुन पुगेको आरोप समेत लगाए। गिरीले पर्यटनसँग सम्बन्धित ११ वटा योजना झापाको एउटै निर्वाचन क्षेत्रमा परेको दाबी समेत गरे। 

उनले सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्रमा समेत एउटा पर्यटनसम्बन्धी २१ लाखको एउटा योजना परेको बताए। 
 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्