Kathmandu Press

मन्त्रीहरु उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे 

‘सदन भएका दिन मन्त्रीहरुको उपस्थित हुँदैनन् । मन्त्रीहरुले नियम पालना गर्न नपर्ने अरुले मात्रै पालना गर्नपर्ने?’ उनको आक्रोश थियो। 
मन्त्रीहरु उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे 

काठमाडौं, असार ६ : नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरु मन्त्रीहरुकै उपस्थितीबिना सदन संचालन गर्न नहुने भन्दै विरोध गरे।

Hardik ivf

‘सदन भएका दिन मन्त्रीहरुको उपस्थित हुँदैनन् । मन्त्रीहरुले नियम पालना गर्न नपर्ने अरुले मात्रै पालना गर्नपर्ने?’ उनको आक्रोश थियो। 

उनले बारम्बार कार्यसूची ल्याउने अनि फेरि हटाइने गरेको भनदै सरकारले सदनलाई हेपिरहेको आरोप लगाए। 

‘सरकारले सदनलाई धेरै हेप्यो। बारम्बार कार्यसूची आँउछ अनि फेरि हटाइन्छ। कारण मन्त्रीको अनुपस्थिति भनिन्छ। ऋाज पनि मन्त्री छैनन्, मन्त्रीहरु बेगर यो सदन अघि बढ्दैन,’ उनले भने, ‘नियम अरुले मान्नपर्ने मन्त्रीहरुले मान्न पर्दैन? मन्त्रीलाई सुनाउनपर्ने कुरा मन्त्री नै छैनन्। त्यसैले सरकारको उपस्थिति विना यो सदन अघि बढ्दैन।’

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, असार ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्