Kathmandu Press

रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर सदनमा

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ प्रतिकका रुपमा रहेको जनाएका छन्। 
रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर सदनमा

काठमाडौं, असोज ६ : प्रतिनिधिसभा बैंठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन्।

मानव तस्करीको विरोध स्वरुप कालो पोशाक र निलो रिबन लगाएर संसद् बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनीहरुले सामूहिक तस्बिर पनि खिचाएका थिए।

Hardik ivf

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ प्रतिकका रुपमा रहेको जनाएका छन्। 

यसअघि पनि उनीहरुले निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै टिप्पणी गरेको थियो। 

रास्वपाका सांसद मनिष झाले नेपालमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी सम्बन्धी संगठित अपराधको विरोध स्वरुप कालो कपडा र निलो रिबन लगाएको बताए।

‘प्रतिनिधिसभाको बैठकमा विरोध स्वरुप सबैले कालो कपडा र निलो रिबन लगाएका छौं। निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी संकेत हो,’ उनले भने, ‘अहिले नेपालमा भइरहेको भिजिट भिसाको नाममा जुन मानव तस्करी सम्बन्धी संगठित अपराध भइरहेको छ त्यसको विरोध विगत २२ दिनदेखि १५ वटा बैठकमा गरिरहेका छांै र त्यो विरोधको आज पनि निरन्तरता दिएका छौं।’

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्