Kathmandu Press

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउँदै बजेटमाथिको छलफल सुरु गरेलगत्तै दुवै दलका सांदलहरु बैठक छाडेर नारा लगाउँदै बाहिरिएका थिए। 
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं, असार ६ : प्रतिनिधिसभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिस्कार गरेका छन्। 

करिब १ घण्टा ढिला गरी सुरु भएको बैठकमा सुरुआतदेखि नै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध गरेका थिए। 

दुवै दलका सांसदहरुको विरोधपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउँदै बजेटमाथिको छलफल सुरु गरेका थिए।

त्यसपछि दुवै दलका सांदलहरु बैठक छाडेर नारा लगाउँदै बैठकबाट बाहिरिएका थिए। 

अहिले संसदमा बजेटमाथिको छलफल जारी छ। 

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्