Kathmandu Press

रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूर्चबाट हटाइयो

सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम विशेष कारणले आजको कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन्।
रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूर्चबाट हटाइयो

काठमाडौं, असार ६ : आजका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभाको कार्यसूर्चबाट हटाइएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसदमा अवरोध कायमै राखेपछि  प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको हो। 

करिब १ घण्टा ढिला गरी सुरु भएको बैठकको सुरुआत देखिए नै रास्वपा सांदहरुले उठेर अवरोध गरेका छन्। त्यसपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यक्रम सञ्चालनका लागि बसेर सहयोग गर्न आग्रह गरेका थिए। तर, उनीहरुले त्यो स्वीकार गर्न सकेनन्।

त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम विशेष कारणले आजको कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन्।

अहिले बैठकमा बजेटमाथिको छलफल जारी छ। 

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, असार ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्