Kathmandu Press

प्रश्नोत्तर कार्यक्रममा पनि रास्वपाले अवरोध कायमै 

तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसलाई आज पनि निरन्तरता दिएको छ।
प्रश्नोत्तर कार्यक्रममा पनि रास्वपाले अवरोध कायमै 

काठमाडौं, असार ६ : आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको कार्यसूची छ। 

तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसलाई आज पनि निरन्तरता दिएको छ।

करिब १ घण्टा ढिला सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए। 

तर, रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाइरहेका छन्। 

त्यसअघि सभामुखले घिमिरेले रास्वपासँग छलफल गरे पनि सहमति हुन नसकेको थिएन्।

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, असार ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्