आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
आजको बैठकको सम्भाविक कार्यसूचीको पहिलो नम्बरमै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई राखिएको छ।
काठमाडौं, असार ६ : प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ।
आजको बैठकको सम्भाविक कार्यसूचीको पहिलो नम्बरमै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई राखिएको छ।
आज ९ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिने छन्।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका कारण ११ बजे बस्ने भनिएको बैठक केही ढिला हुने निश्चित छ। अहिले सभामुख देवराज घिमिरेले अवरोध हटाउन रास्वपासँग छलफल गरिरेका छन्।
प्रकाशित मिति: १०:५० बजे, शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार